७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

इराकम डुंगा दुर्घटना हुँदा कम्तीमा सय जनाको मृत्यु, ५५ जनाको जिवितै उद्भार


८ चैत, काठमाडाैँ । इराकम डुंगा दुर्घटना हुँदा कम्तीमा सय जनाको ज्यान गएको छ । इराकको मोसुल शहरमा रहेको टिगरिस नदीमा डुंगा दुर्घटना हुँदा ज्यान गुमाउनेमा अधिकांश महिला र बालबालिका रहेको बीबीसीले जनाएको छ ।

डुंगामा दुई सय जना सवार थिए । उनीहरु सबैजना घुम्नका लागि पर्यटकीय आइल्याण्ड जाँदै थिए । दुर्घटनामा परेका ५५ जनाको जीवितै उद्धार गरिएको छ । त्यहाँका अधिकारीहरुले नदीमा पानीको बहाव बढेका कारण त्यहाँ जानका लागि त्यसअघि नै चेतावनी दिएको बताएका छन् । उनीहरुले मोसुल बाँधको ढोका खोलिएका कारण पानीको वहाब बढेको बताएका थिए ।

.

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार ०८:३९