१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

कुवेतविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टिमलाई गोलरहित बराबरीमा राेक्यो


८ चैत, काठमाडाैँ । कुवेतविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टिमलाई गोलरहित बराबरीमा राेक्न सफल भएको छ ।कुवेतले नेपाली पोस्टमा २ दर्जनबढी प्रहार गरे पनि सबै प्रहार किरन र डिफेन्सले किलियर गरिदिएको थियो । कुवेतमा अलसबाब स्टेडियममा भएको खेलमा नेपाली गोल किपर किरन चेम्जोङले उत्कृष्ट प्रदर्शन गरे पछि कुवेत गोल गर्नबाट चुक्यो ।

६५ औं मिनेटमा नेपाली खेलाडीले डी बक्समा फल गरेपछि पाएको पेनाल्टी कुवेती खेलाडीले पोस्ट माथि प्रहार गरेका थिए । खेलमा नेपाली किपर किरन एक्लै हावी देखिएका थिए । कुवेतविरुद्ध नेपालका पाँच खेलाडीले राष्ट्रिय टोलीमा डेब्यू गरेका छन् । बराबरीपछि नेपाली टिमका प्रशिक्षक योहान कलिनले टिमले राम्रो प्रदर्शन गरेको प्रतिक्रिया दिएका छन ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार ०८:२५