१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

रौतहटमा प्रहरी र स्थानीयबीच झडप, ३ प्रहरीसहित ५ घाइते


७ चैत, काठमाडौं । रौतहटमा बिहिबार साँझ झडप हुँदा प्रहरीले ७ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ । होली मनाउने क्रममा प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले अश्रु ग्यास प्रहार गरेसँगै ६ राउन्ड सर्ट गनको रबर सेल पनि प्रहार गरेको छ ।

स्थानीयले प्रहरीमाथि एक्कासी ढुंगामुढा गर्न थालेपछि अश्रु ग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय रौतहटमा एसपी भुपेन्द्र खत्रीले जानकारी दिए । एसपी खत्रीका अनुसार झडपमा परी प्रहरीका ३ जना र स्थानीयका २ जना गरी ५ जना घाइते भएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार १९:५५