१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त


७ चैत, काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्रकर्मी केशव भट्टराई नियुक्त भएका छन् । चैत ४ गते बसेको मन्त्रिपषिद् बैठकले भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बिहिबारको नियमित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता समेत रहेका सञ्चार प्रविधि तथा सूचना मन्त्री गोकुल बास्कोटाले  सो निर्णय सार्वजनिक गरेका हुन् ।

यसअघिकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएपछि बोर्डको अध्यक्ष पद खाली थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार १६:५८