७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

आफ्नै साथीले चलाएको गोली लागेर तीन जना प्रहरी जवानको मृत्यु


७ चैत, उधमपुर । भारत नियन्त्रित जम्मु–काश्मिरमा खटिएका तीन जना सशस्त्र फौज (सिआरपिएफ)का जवानको आफ्नै साथीले चलाएको गोली लागेर मृत्यु भएको छ । साथीलाई गोली हान्ने जवानले पनि आफैंले आफूमाथि गोली चलाएका थिए । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

 

सिआरपिएफका कमान्डर हरिन्दर कुमारले घटनाको पुष्टी गर्दै घटनाको मुख्य कारण पहिल्याउने प्रयास भइरहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार १६:५७