१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

देउवा सरकारका अनुचित निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्री ओलीको निर्देशन


५ फागुन, काठमडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले गरेका अनुचित निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिनुभएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिँदै उहाँले देउवा नेृतत्वको सरकारले चुनावपछि गरेका निर्णय कार्यान्वयन नगर्न निर्देशन दिनुभएको हो । ओलीले रेग्मीलाई निर्देशन दिँँदै विगतका निर्णय कानूनसम्मत र प्रक्रिया पुगेको छ–छैन भन्ने अध्ययन गरेरमात्र कार्यान्वयन गर्न निर्देशन दिनुभयो । 

प्रकाशित मिति : ५ फाल्गुन २०७४, शनिबार ०८:२७