१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

हतियार बिसाएपछि मात्र विप्लव समूहसँग वार्ता गर्ने सरकारकाे निर्णय


७ चैत, काठमाडौँ । सरकारले विप्लव समूहले हतियार बिसाएपछि मात्र वार्ता गर्ने निर्णय गरेकाे छ । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले भने, ‘संवादका निम्ति हामी तयार छौं ।

तर, संवाद गलत गतिविधिको तयारीकाले हुन सक्दैन । वार्तामा बस्नुअघि हतियार बिसाउनुपर्छ, हिंसा छोड्नुपर्छ ।’ कुनै असन्तुष्टि छ भने शान्तिपूर्ण राजनीति र वार्ताबाट सम्बोधन गर्न सकिने उनले बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार १६:४३