१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

म एक खराब पत्नी हुँः प्रियंका चोपडा


७ चैत, काठमाडाैँ । अभिनेत्री प्रियंका चोपडाले आफू आफ्नाे पतिकालागि खराक पत्नी भएकाे बताएकी छिन् । अमेरिकनको च्याट शो ‘द व्यू’ मा  उनले आफू पति निक जोनसका  उत्कृष्ट पत्नी हुन नसकेको बताएकी हुन् ।

मलाई खाना पकाउन आउँदैन । निक दक्षिण अमेरिकाको परिवारका हुन्, जहाँ घरका महिलाहरुलाई स्वादिष्ट खाना बनाउन आउँछ । ककी आमा पनि खाना बनाउन सिपालु हुनुहुन्छ । तर मलाई केबल अण्डा र टोस्ट बनाउन मात्रै आउँछ ।’

शो मा प्रियंकाले उनी र निक जोनसबीचको प्रेम, विवाह र जोनस ब्रदर्सको सुपरहिट एल्बम ‘सकर’ मा काम गर्दाको अनुभवका बारेमा पनि कुराकानी गरेकी थिइन् । प्रियंकाले कार्यक्रममा भनेकी थिइन ‘जब मैले आफूलाई खाना बनाउन आउँदैन भनेर निकलाई भने तब उनले जवाफमा भनेका थिए ‘केही छैन प्रिय, मलाई पनि खाना बनाउन आउँदैन ।’

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार १४:२०