८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

विप्लव गम्भीर घाइते भएपछि…


७ चैत, काठमाडौं । दाङ जिल्लामा तुलसीपुर उपमहानगरपालिकामा घरको छतबाट एकजना बालक खस्दा गम्भीर घाइते भएका छन् ।शान्तिनगर गाउँपालिका ३ पातेटाकुरा घर भई हाल तुलसीपुर उपमहानगरपालिका ९ अमृत टोलमा होली खेल्ने क्रममा बिहीबार बिहान १२ वर्षीय विप्लव केसी घरको छतबाट खसेको प्रहरीले जनाएको छ ।

कोठाभाडामा बस्ने गौरी केसीको छोरा सोही घरको छतबाट होली खेल्ने क्रममा एक्कासि खस्दा घाइते भएका थिए । उनलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि कोहलपुर पठाइएको छ । होली खेल्ने क्रममा विभिन्न जोखिम दुर्घटना हुने हुँदा त्यसतर्फ सचेत भई होली खेल्न प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार १३:०३