७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सलमान खानले क्याट्रिनालाई ६५ लाख भारुको नयाँ कार गिफ्ट दिएकै हाे त ? 


५ चैत, काठमाडौं  ।  अभिनेत्री क्याट्रिना कैफले आफ्नो लागि लक्जरी कार कलेक्शनमा नयाँ रेञ्ज रोभर जोडेकी छन् ।  ६५ लाख मूल्य बराबरको नयाँ कारको लागि अभिनेत्री क्याट्रिनाले रेजिष्ट्रेशन गराएकी छन् ।

रिपोर्टका अनुसार पछिल्लो समय सलमान खानले चार वटा नयाँ लक्जरी कार खरीद गरेका थिए । सलमानले किनेका प्र्रत्येक कारको मूल्य ५० लाखको हाराहारीमा रहेको बताइएको छ । जहाँ आफ्नो लागि एउटा, बहिनी अर्पिताको लागि एउटा, भाई अरबाज खानको लागि एउटा र अभिनेत्री क्याट्रिना कैफको लागि एउटा गरेर चार–चार वटा कार सलमानले एकैसाथ खरीद गरेका हुन् ।

पछिल्लो समय क्याट्रिना र सलमान खान दुबई दबंग टुरको लागि गएका थिए । वर्कफ्रन्टको कुरा गर्नुपर्दा अभिनेत्री क्याट्रिनाले फिल्म ‘जीरो’ पछि सलमान खानसँग भारतमा ब्यस्तछ छन् । क्याट्रिनाले विगतका दिनहरुमा सलमान खानसँगको तस्वीर सेयर गर्दै आएकी छन् । एजेन्सी

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलवार १६:४५