७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

घुर्ने समस्याले दिक्क हुनुहुन्छ ? अब दिक्क नमान्नुहोस, यस्ता छन समाधानका उपाय


काठमाडौँ । घुर्ने समस्याले धेरै व्यक्तिको परिवारमा तनाव उत्पन्न हुने गरेको छ । घुर्नेले आफूले थाहा नपाए पनि उसँगै कोठामा सुत्ने परिवारका अरू सदस्यले थाहा पाउने र कतिपय अवस्थामा बालबालिका तर्सने गरेका छन । खासमा घुर्नेको नजिक सुत्नेले राम्रोसँग सुत्न पनि पाउँदैन । यो धेरै मान्छेको परिवारमा रहेको समस्या हो । घुर्ने समस्या कुनै रोग होइन ।  यो नियमित व्यायाम र सुताइको आसनमा परिवर्तन गर्दा केही कम गर्दै पुरै निर्मुल पार्न सकिन्छ ।

घुर्ने समस्या समाधान गर्न निम्न कुरा गर्न सकिन्छ

– सकेसम्म नियमित व्यायाम गर्नुपर्छ । यसले घुर्ने समस्यासँगै शरीर सुगठित हुन पनि मद्दत गर्छ ।

– शरीरको अत्यधिक भारका कारणसमेत श्वासनलीमा असर परिरहेको हुन्छ । मोटोपन भएकाले तौल घटाउनु आवश्यक छ ।

– अत्यधिक धूम्रपान–मध्यपान र लागुऔषधबाट टाढा रहनुपर्छ ।

– घुर्ने समस्या बढी देखिएमा चिकित्सकसँग सल्लाह लिनु आवश्यक हुन्छ ।

– सकभर बेलुकीको खाना हलुका किसिमको लिनुपर्छ । त्यस्तै, बढी चिल्लो, पिरो भएका खाना खानुहुँदैन ।

– घुर्ने मानिसमा टन्सिलको समस्या पनि भएमा झन् बल्झिने हुन्छ । तसर्थ, यसको समयमै उपचार गर्नुपर्छ ।

-सबैभन्दा पहिला त समस्या भएको व्यक्ति आफैँले घुर्ने बानी नियन्त्रण गर्ने कोसिस गर्नुपर्छ । सुत्दा उत्तानो परेर सुत्नुहुँदैन । सधैँ कोल्टे फेरेर सुत्दा श्वासनलीमा असर पर्दैन, फलस्वरूप घुर्ने समस्या कम हुँदै क्रमशः ठीक हुँदै जान्छ ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार १०:१४