८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

माथिल्लो तामाकोशी बस दुर्घटनामा २ को मृत्यु


१ चैत, चरीकोट । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले मजदुर बोक्न प्रयोग गर्दै आएको बस आज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत, चौकुने– ३ घर भएका ३८ वर्षीय दिनेश थापा र लमजुङ, मस्र्याङ्दी–३ घर भएका ४४ वर्षीय हीरा मिजार रहेको प्रहरी निरीक्षक प्रदीप महतले जानकारी दिनुभयो ।

बिहान ७ः३० बजे दोलखाको विगु गाउँपालिका– १ नयाँबाटो स्थित सिनो हाइड्रो प्रोजेक्टको कामदार बोक्न प्रयोग गर्दै आएको वा ४ ख ४५७३ नं को रोल्वालिङ यातायातको बस दुर्घटनामा करीब २० कामदार घाइते भएकामा आठ जना गम्भीर छन् । घाइतेको थप उपचारका लागि चरीकोट पठाइएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार १०:०२