Logo

आँखा जोगाऔँ : मुख्यमन्त्री पोखरेल



१ चैत, दाङ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले संसार देखाउने आँखाको स्वास्थ्यमा ध्यान दिनुपर्ने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका–१ पवननगरको वीरेन्द्र मावि भ्यूडहर, सुनपुरमा भएको निःशुल्क स्वास्थ्य शिविरमा उहाँले आँखा शरीरको महत्वपूर्ण अङ्ग भएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पोख्रेलले महिलाले अझै पनि पाठेघरको रोग लुकाई राख्ने गरेका कारण पाठेघरको मुखमा क्यान्सर हुने गरेको भन्दै समयमै पाठेघर जाँच गरेर आफ्नो स्वास्थ्यलाई ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यस अवसरमा मोतिविन्दुको शल्यक्रिया, महिलाको पाठेघरको क्यान्सर तथा मिर्गौला रोगको परीक्षणका लागि काठमाडौँसहित दाङका विभिन्न अस्पतालका चिकित्सकले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्ले, उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्