१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

विप्लव नेतृत्वको नेकपाका पहिरो, जनसत्ता प्रमुख बोझबहादुर खत्रीद्धारा पार्टी परित्यागको घोषणा


१ चैत्र, ओखलढुंगा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पार्टीको गतिबिधिका कारण पहिरो सुरू भएको छ । विप्लवको छायाँमा पुगेका नेता कार्यकर्ताले धमाधम पार्टी परित्याग गर्न थालेका छन । यहीक्रममा विप्लवको नेकपाका  जनसत्ता प्रमुख तथा किराँत सभाका सभामुख बोझबहादुर खत्रीले पार्टी परित्याग गरेको घोषणा गरेका छन ।

बिहीबार ओखलढुंगाको सदरमुकाममा पत्रकार सम्मेलन गरेर खत्रीले पार्टीसँग सम्बन्ध विच्छेद गरेको घोषणा गरे । पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएपछि विप्लवले आयोजना गरेको बन्दकै दिन खत्रीले पत्रकार सम्मेलन गरेर पार्टीसँग आबद्ध नरहेको बताएका हुन । अब आफू मानवअधिकारकर्मी बनेर उत्पीडितको पक्षमा काम गर्ने समेत खत्रीले बताएका छन ।

खत्रीले पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशा अस्पष्ट रहेको बताउँदै पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने बताए । खत्रीले स्थानीय तथा संसदीय निर्वाचनमा सहयोग गर्दै पार्टीबाट टाढा रहँदै आएको समेत दाबी गरेका छन । आफू विप्लवसँग पहिलेबाटै टाढा बन्दै गए पनि केहीमा भ्रम रहेको पाइएकाले औपचारिक रुपमा घोषणा गरेको बताए ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार ०७:४७