१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नयाँ वर्ष सुरू भएसँगै पाइप लाइनबाट पेट्रोलियम पदार्थ आयात


१ चैत्र, काठमाडाैँ । आगामी वैशाखदेखि पाइप लाइनबाट पेट्रोलियम पदार्थ आयात गरिने भएको छ । पेट्रोलिय पाइपलाइनको काम अन्तिम चरणमा पुगेको भन्दै नेपाल आयल निगमले यही चैत्र भित्र काम सकेर वैशाखबाट पाइपलाइनबाटै आयात हुने जनाएको छ ।

भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्ज पेट्रोलियम पाइप लाइनको २८ किलोमिटर निर्माण सम्पन्न भएको छ । अब आठ किलोमिटर निर्माण बाँकी छ । अमलेखगन्जदेखि पथलैयासम्मको जङ्गलमा रुख कटानको काममा प्रक्रिया पुर्याउँदा ढिलाइ भएको निगमले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार ०७:३९