१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रचण्डलाई मारेर संघीय गणतन्त्र बलियो हुन्छ ? (भिडियोसहित)


३० फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवप्रति दया लागेको बताएका छन । वाइसिएल नेपालले नेकपाको कार्यालय पेरिसडाँडामा बिहीबार आयोजना गरको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा विगतमासँगै युद्ध लडेको सहकर्मीहरूको व्यवहार देखर आफूलाई दया लागेको बताए । सँगै उनले प्रचण्डलाई मारेर संघीय गणतन्त्र बलियो हुन्छ रु भन्दै प्रश्न समेत गरे ।

प्रचण्डले अगाडि भने,‘ हिजोसँगै सहकार्य गरेका मेरै सचिवालयमा समेत बसेकाले मलाई मार्ने षड्यन्त्र गरेको माइनुट समेत भएको मलाई सूचना आएको छ ।’ उनले विप्लवलाई हिजो सँगै लडेका आफ्नै साथीहरुको सरकार रहेको हेक्का राख्न सुझाव पनि दिए । उनले प्रचण्डकै नक्कल गरे प्रचण्ड बन्छु भन्यो भने भ्रममात्र बताए । ‘त्यो भ्रमले कहिँ पनि पुग्दैन । यसको परिणाम दुर्भाग्य हुन्छ । मैले हिजोका साथीहरुलाई लगातार यो सल्लाह दिईराखेको छु’

सहिदलाई अभिनन्दन गर्दै प्रचण्डले एउटै पार्टीको झण्डामूनि बसेर सहिद तथा वेपत्तालाई सम्मान व्यक्त गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । आफुले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल र झापाको सुखानी विद्रोहमा हत्या गरिएका सहिदप्रति सम्मान प्रकट गर्न एउटै पार्टीको झण्डाको प्रयोग हुन सक्नु नै क्रान्तिको उपलब्धि रहेको ठोकुवा गरे । प्रचण्डले व्यक्त गरेको विचार तलको भिडियोमा हेर्न र सुन्न सक्नुहुन्छ । भिडियो साैजन्यः न्युज एजेन्सी नेपाल । 

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार १९:५८