८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

ज्योति विकास बैंक र हाम्रो विकास बैंकको चैत्र १५ देखि एकीकृत कारोबार


३० फागुन, काठमाडौँ । ज्योति विकास बैंकले हाम्रो विकास बैंक प्राप्ति गर्ने सबै प्रक्रिया पूरा गरेकाले चैत्र १५ बाट एकीकृत कारोबार गर्ने भएको छ । ग्राहक, शेयरधनी र नियमनकारी निकायलाइ जानकारी दिनेगरी जारी सूचनामा दुबै बैंकको एकीकृत कारोबार चैत्र १५ बाट हुने जानकारी दिइएको छ ।

राष्ट्रियस्तरको इजाजतप्राप्त ज्योति विकास बैंकले नुवाकोटमा मात्र काम गर्ने इजाजत लिएको हाम्रो विकास बैंक प्राप्त गर्ने सम्बन्धी सम्झौता गत असार ३१ मै भएको थियो । फागुन २७ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति प्राप्त भएको र ज्योति विकास बैंककै नाममा आगामी कारोबार हुने जानकारी दिइएको छ ।

यस्तो छ बैंकको सूचना

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार १९:२९