१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

परस्त्रीसँग याैन सम्पर्कका लागि तयार भएर बसेका राजपाका नेता होटलबाटै पक्राउ


३० फागुन, बारा । परस्त्रीसँग याैन सम्पर्कका लागि तयार भएर बसेका राजपाका एक नेता होटलबाटै पक्राउ परेका छन । निजगढस्थित गुरुङ होटेलबाट साझ ५ः३० बजे प्रहरीले राजपाका नेता ३९ वर्षीय जयन्त कुश्वाहालाई पक्राउ गरेको हो । महिलालाई फोनबाट अश्लील शब्द प्रयोग गरी शारीरिक सम्पर्कका लागि होटलमा बोलाएको आरोपमा कुशवाह पक्राउ परेका हुन ।

कुशबाह सिम्रौनगढ नगरपालिका –७ खजानीका स्थायी बासिन्दा हुन । कुशवाहकी श्रीमति रिना कुशवाह गत स्थानीय तहको निर्वाचनमा राजपाको तर्फबाट सिम्रौनगढ नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी थिइन । प्रहरीले कुशवाहलाई पीडित महिलाको सूचनाका आधारमा पक्राउ गरेको जनाएको छ ।

पीडित महिलाले प्रहरीलाई सूचना दिई कुशवाहासङ्ग  निजगढमा भेट्ने योजना बनाएको प्रहरीले बताएको छ । कुशवाहाले पीडित महिलालाई करिब एक महिना अघिदेखि आर्थिक प्रलोभन देखाइ फोन मार्फत शारीरिक सम्पर्कका लागि दबाब दिदै ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायव निरीक्षक देवकीलाल चौधरीले बताएका छन ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार १८:५०