७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

‘जात्रै जात्रा’ फिल्मकाे प्रदर्शन मिति फाइनल, वैशाख २७ बाट रिलिज हुने


२८ फागुन, काठमाडौं  । अभिनेता विपिन कार्की मोटरसाइकल दुर्घटनामा परेका कारण छायाँकनमा केही ढिलाई भएको फिल्म ‘जात्रै जात्रा’को प्रदर्शन मिति फाइनल भएको छ । फिल्मका प्रस्तुतकर्ता रविन्द्र सिंह बाँनियाले फिल्म २०७६ को वैशाख २७ गतेबाट रिलिज हुने जानकारी दिए ।

‘जात्रै जात्रा’ निर्माण घोषणा समय १७ फागूनमा प्रदर्शन हुने बताइएको थियो । अभिनेता कार्कीको दुर्घटनाका कारण छायाँकन प्रभावित भएकोले फिल्म सरेको हो । यादव पौडेल र सिंगे लामाको लगानी रहेको फिल्ममा विपिन कार्की, बर्षा राउत, रविन्द्र झा र रविन्द्र सिंह बाँनिया लगायतको मुख्य भूमिका रहेको छ ।

फिल्ममा दयाहाङ राईको पनि बिषेश भूमिका रहेको छ । फिल्मको ‘माया पिरिम’ बोलको गीत केही दिनमै सार्वजनिक हुँदैछ । गीतमा अभिनेत्री करिश्मा मानन्धर, निश्चल बस्नेत, सारा सिर्पालीले आइटम तड्का लगाएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलवार १९:५०