४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

सुनसरीको दुहवीमा सिद्धार्थ बैंकको शाखा विस्तार


२८ फागुन, काठमाडौं  । सिद्धार्थ बैंकले सुनसरीको दुहवीमा सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ्ग सेवा, मेबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा समेत सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलवार १९:३५