८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

साँढे पन्ध्र करोडको कारोवार


२८ फागुन, काठमाडौँ । काठमाडौँमा सम्पन्न १५ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा रु १५ करोड चालिस लाखको कारोवार भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले भृकुटीमण्डपमा आयोजना गरेको पाँचदिने मेलाको चार लाख ७५ हजारले अवलोकन गरेका थिए ।

समापन कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आयआर्जन र उद्यमशीलताको विकासबाट मात्रै अर्थतन्त्र सुदृढ हुने छ भन्नुभयो । उहाँले उत्पादन बढाउन स्थानीय निकायमार्फत लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तारमा बजेट परिचालन गर्नुपर्ने बताउनुभयो । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गरी लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यले सञ्चालित प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ र ‘उद्योग गरौँ, उद्यमी बनौँ, उठाऔँ नेपाल’ रहेकोे थियो ।

महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकभर छरिएका घरेलु उद्योगका उत्पादनको बजार प्रवद्र्धन गर्न मेला आयोजना गरिएको बताउनुभयो । मेलामा चीन, भारत र बङ्लादेश सहित देशका विभिन्न उद्यमीको २०५ वटा कक्ष रहेको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलवार १९:०३