१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

बंगलादेशी क्रिकेटर मोश्रेफ होसेनलाई ब्रेन ट्यूमर


२८ फागुन, काठमाडाैँ । बंगलादेशी स्पिनर मोश्रफ होसेन रुबेललाई ब्रेन ट्यूमर भएको छ । मोश्रफ अहिले आफ्नो थप उपचारका लागि सिंगापुर जाने प्रक्रियामा रहेका छन् ।

केही दिनअघि ढाका अस्पतालमा जाँचका क्रममा उनलाई ब्रेन ट्यूमर भएको पत्ता लागेको थियो । मोश्रफले आफूलाई चिकित्सकले अपरेसन गर्न सल्लाह दिएको र छिट्टै नै सिंगापुर जाने तयारीमा रहेको बंगलादेशी सञ्चार माध्यमलाई जनाएका छन् ।

मोश्रफका अनुसार उनको उपचारका लागि झण्डै ४० लाख बंगलादेशी टका(झण्डै ५० हजार अमेरिकी डलर) लाग्नेछन् ।

मोश्रफले बंगलादेशका लागि ५ ओडीआई क्रिकेट खेलेका छन् । घरेलु क्रिकेटमा १९२ खेलबाट उनले ३९० विकेट लिनुका साथै तीन हजार रन बनाएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलवार १४:२१