११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

 स्पेनिस जायन्ट रियल मड्रिडको प्रशिक्षकमा जिनेदिन जिदान


२८ फागुन, काठमाडाैँ । जिनेदिन जिदान स्पेनिस जायन्ट रियल मड्रिडको प्रशिक्षकमा नियुक्त भएका छन । पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई रियल मड्रिडले पुनः प्रशिक्षकमा नियुक्त गरेको छ । रियल मड्रिडले वर्तमान प्रशिक्षक सान्टियागो सोलारीलाई बर्खास्त गर्दै पूर्व प्रशिक्षक जिदानलाई क्लबमा भित्र्याएको हो ।

सोमबार बसेको रियल मड्रिडको बोर्ड अफ् डाइरेक्टर्सको बैठकले जिनेदिन जिदानलाई सन् २०२२ को जुन ३० सम्मका लागि प्रशिक्षक नियुक्त गरेको हो । जिदानलाई प्रशिक्षक नियुक्त गरेको आधिकारिक जानकारी रियलले आफ्नो सामाजिक सञ्जाल तथा आधिकारिक वेबसाइटबाट दिएको छ । क्लबले सोलारीलाई मुख्य प्रशिक्षकबाट हटाए पनि क्लबमा रहन चाहेमा अवसर दिने बताएको छ ।

रियल मड्रिडलाई तीनवटा च्याम्पियन्स लिगको उपाधिसहित ९ वटा जिताएर गत मेमा जिदान क्लबबाट अलग्गिएका थिए । अहिले रियल मड्रिड शीर्ष स्थानको बार्सिलोनाभन्दा १२ अंकले पछाडि छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलवार ०८:०६