७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

लौन साथी यो चोटी जिन्दगी खास धरापमा छ (गजल)


–सरस्वती घिमिरे

गरीबिले गांज्यो हेर गास, कपास धरापमा छ
सह अस्तित्वले छाएको आफ्नै बास धरापमा छ

सबै सम्बन्ध पैसा मै जोडीएका हुन्छन् र भन्या
नत्र किन जिन्दगीको यो मधुमास धरापमा छ

सम्बन्ध को कलममा प्रेमको मसी भरेर यहां
लेख्न थालेको बडापत्रको विश्वास धरापमा छ

तिम्रा नामको शब्दका टुइन टावर मात्र हैन
मनै देखिको भरोसा अनि त्यो आश धरापमा छ

ठाक्क,ठुक्क धेरै पटक भएपनि हामी बिचमा
लौन साथी यो चोटी जिन्दगी खास धरापमा छ।

–चितवन।

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार ११:०६