१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पर्यटनमन्त्री अधिकारीले सय दिने कामको सूची आज सार्वजनिक गर्दै


१६ चैत, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले आज पर्यटन मन्त्रालयको सय दिने कार्यक्रम सार्वजनिक गर्ने भएका छन । अहिले बिहान ८ः१५ बजे पत्रकार सम्मेलन मार्फत मन्त्री अधिकारीले पर्यटन बोर्डबाट मन्त्रालयका सय दिने कामको सूची सार्वजनिक गर्न लागेका हुन । अधिकारीले पर्यटन मन्त्रालय सम्हाले लगत्तै आफूले सय दिनमा गर्ने र एक वर्षमा गर्ने कमको सूची घोषणा गरेरै योजनाबद्ध तवरमा काम गर्ने बताएका थिए ।

यसैबीच पर्यटन पत्रकारहरुसँगको छलफलमा मन्त्री अधिकारीले बुधबार सरकारले छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन प्रचारात्मक अभियानलाई तीव्रता दिने बताएका थिए । मन्त्री अधिकारीले पछिल्लो समय दुई छिमेकी मुलुकबाट ठूलो संख्यामा पर्यटक आउन थालेकाले उनीहरुबीचको सञ्चार सहजताका लागि आफ्नै भाषामा वेबसाइट बनाउन लागिएको जानकारी समेत दिएका छन ।

उनले पर्यटकलाई आकर्षण गर्न दुई छिमेकी मुलुकको वेबसाइट बनाइने तयारी गरेको समेत बताएका छन । मन्त्री अधिकारीले सरकारले आगामी सन् २०२० भित्र नेपालमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सन्दर्भमा छिमेकी मुलुकका पर्यटकलाई सहयोगी वेबसाइटले थप पर्यटक आकर्षण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन ।

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार ०६:०१