१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

पोखराको आकाशमा बुधबारदेखि प्याराग्लाईडिङ उडानमा प्रतिबन्ध


२१ फागुन, पोखरा । पोखराको आकाशमा बुधबारदेखि प्याराग्लाईडिङ उडानमा प्रतिबन्ध लागेको छ । पोखरा महानगरपालिकाको मंगलबारको बैठकले प्याराग्लाईडिङ उडानमा प्रतिबन्ध लगाएको हो । पोखरा महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापाले जिल्ला प्रहरी, जिल्ला प्रशासनलाई पनि प्याराग्लाईडिङ उडान रोक्न अनुरोध गरिएको बताए ।

महानगरलाई बुझाउनुपर्ने कर नबुझाएका कारण प्याराग्लाईडिङ उडाउन प्रतिबन्ध लगाईएको हो । प्याराग्लाईडिङ कन्पनीले विगत ४ बर्षदेखि महानगरलाई कर बुझाएका छैनन् भने महानगरमा दर्ता पनि भएका छैनन् । प्याराग्लाइडिङ उडाउने ५६ कम्पनी मध्ये एकवटामात्र दर्ता भएको छ ।

आर्थिक बर्ष २०७२/०७३ देखि महानगरले तोकेको ८६ हजार रुपैयाँ कर नबुझाएको महानगरको राजश्व शाखाका रोम उपाध्यायले बताएका छन । उपाध्याएका अनुसार  उनका अनुसार हालसम्म एउटा कम्पनी मात्रै महानगरमा दर्ता छ । महानगरले आर्थिक बर्ष २०७२÷०७३ र २०७३/०७४ मा ५ हजार ५ सयका दरले कर तोकेको थियो भने २०७४/०७५ मा ५० हजार तथा २०७५/०७६ मा २५ हजार रुपैयाँ शुल्क तोकेको थियो ।

यो बर्षदेखि प्रदेश सरकारले पनि प्याराग्लाईडिङमा कर लिने भएकोले केही घटाईएको उपाध्याय बताउँछन् । महानगरले १९ गते पत्र लेखेर नवीकरण र पर्यटन शुल्क उठाउनका लागि वडालाई अधिकार पठाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलवार १३:४८