११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

प्रहरी प्रमुख खनालका विश्वासपत्र एसएसपी सिंह पनि राजनानारायण घुस प्रकरणको मतियार


२० फागुन, काठमाडाैँ । नेपाल प्रहरीका एसएसपी धिरजप्रताप सिंह पनि राजनारायण पाठक घुस प्रकरणको मतियार रहेको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले समाचार लेखेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकको घूस प्रकरणमा महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहको समेत संलग्नता देखिएको कान्तिपुरले उल्लेख गरेको छ ।

आफूले घूस लिएको स्विकारेको भिडियो खिचिएको थाहा पाएपछि पाठकले महाशाखा प्रमुख सिंहलाई प्रयोग गरेर भिडियो खिच्ने ज्ञानेन्द्र झा र ध्वजमान मोक्तानलाई धरपकड र पक्राउ गरेको यातना दिएको कान्तिपुरले खुलासा गरेको छ । भिडियो प्रकरणमा प्रत्यक्ष जोडिएका केही व्यक्तिसँगको बयानबाट प्रमाण नष्ट गराउनका लागि प्रहरीको प्रयोग गरिएको खुलेको छ । अख्तियार दुरूपयोग अनुसन्धान अायोग स्रोतका अनुसार एसएसपी सिंहले भिडियो खिच्ने समूहलाई पक्राउ गरी भिडियो नष्ट गर्न दबाब दिने, धम्क्याउनेदेखि सादा कागजमा बयान गराएकोसम्म खुलेको छ ।

अख्तियार स्रोतका अनुसार महाशाखा प्रमुख सिंहसहित साइबर अपराधसमेत हेर्ने महाशाखाको पिलर ४ का डीएसपीलगायतको टोलीले पटक–पटक धरपकडदेखि दुर्व्यवहार गरेको बताएका छन् । सिंह भने अहिले तालिमको शिलशिलामा अमेरिकामा रहेका छन । सिंह वर्तमान प्रहरी प्रमुख सर्वेन्द्र खनालका विश्वासपात्र समेत हुन । सिंह खनालकै इच्छामा झण्डै एक वर्ष अघि  वैशाख ४ गते महाशाखा प्रमुख बनेका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार ०९:५९