१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

यात्रा गर्दा तपाइँलाई वान्ता हुन्छ ? अब चिन्ता नलिनुस्, रोकथाम गर्ने यस्ता छन् तरिका


१८ फागुन, काठमाडौँ । प्रायः मानिसहरूलाई हवाइजहाज, गाडी, रेल वा पानिजहाजमा बसेर यात्रा गर्दा रिंगटा लाग्ने, टाउको दुख्ने, तथा बान्ता हुने समस्याले सताइरहेको हुन्छ । जसले गर्दा छोटो तथा लामो दुरीको यात्रा तपाइँका लागि सधैँ कष्टकर बन्नपुग्छ ।

यात्रा गर्दा हुने यस्तो समस्यालाई  मेडिकलको भाषामा मोसन सिक्नेस भनिन्छ। यात्रुको आँखाले देखेको दृश्य र यात्रुको भित्रि कानले गरेको महशुस फरक हुनाले दिमागमा मिश्रित सन्देश जानाले यस्तो समस्या उत्पन्न हुनजान्छ ।

यात्रामा वान्ता हुने समस्याबाट बच्न यसो गर्नुहोस्ः

-यात्रा गर्नु पुर्व धेरै चिल्लो खाना,धुम्रपान तथा मध्यपान नगर्ने

-हवाइजहाजको पखेटानेरको सिटमा बस्ने, गाडिको अगाडिको सिटमा बस्ने, पानिजहाजको तलको मध्यभागमा बस्ने

-सकेसम्म यात्रा गरिरहेको दिशा भन्दा फरक दिशामा फर्केर नबस्ने

-मिलेसम्म झ्याल खोलेर बाहिरको चिसो हावा ग्रहण गर्ने

-वान्तासम्बन्धी कुनैपनि कुरा नगर्ने र कुनै अरूले गरे पनि ध्यान नदिने

-यदि अन्य यात्रुलाइ वान्ता भइरहेको छ भने सकेसम्म टाढा बस्ने

-यात्रा गर्दा पत्रपत्रिका तथा किताबहरू नपढ्ने,आँखा बन्द गर्ने अथवा कुनै टाढा को निस्चित बिन्दुमा हेर्ने

-गीत सुन्ने, केहि खाने, गफ गर्ने गरेर आफ्नो ध्यान अन्यत्र लैजान कोशिश गर्ने

-यात्रा गर्नु अघि तितेपातीको चिया अथवा केहि तितेपाती को रस खाने, स्याउको जुस पिउने, पुदिनाको चिया अथवा पुदिनाको पात खाने  अदुवाको चिया अथवा अदुवा खाने, तथा कागति खाने

-स्वास्थ्यकर्मिको सल्लाह बमोजिङ मात्र यात्रा गर्दा प्रोमिथाजिन, सक्लिजिन, डिफिन्हाड्रइन जस्ता औषधि सेवन गर्ने

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार १९:४७