१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

स्वर्गीय मन्त्री अधिकारीको काजकिरिया ७ दिनमा सकिने


१७ फागुन, पोखरा । ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवारले जनाएको छ । पोखराको मालेपाटनस्थित निवासमा अधिकारीको काजकिरिया ७ दिनमा सक्ने  अधिकारीका बाल्यकालका साथी धनराज आचार्यले  बताए ।

अहिले पोखरामा अधिकारीको शवयात्रा सुरु भएको छ । नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्म शवयात्रा हुनेछ । रामघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । अधिकारीलाई ठूलो छोरा विराजले दागवत्ती दिनेछन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार १५:५२