१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्रीसहितको निधन भएकोमा नाट्टाद्धारा दुःख व्यक्त


१६ फागुन, काठमाडाैँ । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हेलिकप्टर दुर्घाटनाप्रति दुःख प्रकट गरेको छ । नाट्टाका अध्यक्ष सिएन पाण्डेले बिहीबार विज्ञप्ति जारी गर्दै पर्यटन प्रवर्द्धन र विकाशमा थोरै समयमा पर्यटन क्षेत्रले अनुभुत गर्न सक्ने परिणाममुखि काम गर्न सफल संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी, सफल एंव वरिष्ठ पर्यटन व्यवसायि आङ्ग छिरिङ्ग शेर्पा र नेपाल सरकारका राष्ट्र सेवक कर्मचारीहरुको अप्रत्याशित निधनबाट पर्यटन क्षेत्र तथा समग्र मुलुकले नै अपूरणीय क्षति व्यहोर्न पुगेको बताएका छन ।

विज्ञप्तिमा भनिएको छ ‘यस अत्यंत दुखद घडीमा म स्वयं लगायत नाट्टा कार्यसमिति, पूर्व अध्यक्ष परिषद तथा सम्पूर्ण नाट्टा परिवार मन्त्री अधिकारीज्यूसहित सबैमा हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं र दिवगंत आत्माको चीर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं । साथै यो अपूरणीय र अप्रत्याशित क्षतिको पीडा सहन गर्न सक्ने शक्ति मिलोस भनि ईश्वरसंग प्रार्थना गर्दछौं ।’

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार १३:३५