१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

धान खेतको बुख्याचा र नेपालकाे कानुन उस्तै


–सुनिल न्याैपाने

११ फागुन,काठमाडाैँ । निरंकुश परिपाटीमानिने समयमा हामी समस्त नेपालीलाई संम्बैधानिक कानुनीअधिकार आधिकारिक रुपमा थाहापाउन फलामको चिउरा चपाउनु जस्तै थियाे । संवैधानिक कानुनीअधिकार निरंकुशमुखी तानाशाह बबण्डरकारीहरुलाई मात्र थाहा हुन्थ्याे । सोझा जनतालाई बलिको बोका बनाउने प्रवृत्ति विगत देखी वर्तमान सम्मको नेतृत्वमा छताछुल्ल भएको छ ।

इतिहासदेखी वर्तमानसम्म विभिन्न परिपाटी र व्यबस्था परिवर्तन भएका छन् । तर मोडिफाइड् तन्त्र भित्र तन्त्रमन्त्र गर्नेको समेत भ्रष्टचारी दिमागी किरा सलबलाउन छाेडेकाे छैन । ‘हुँदाखाने र हुने खाने’ बिचवर्गीय विभेद नानीदेखी ज्ञानीसम्म यत्रतत्र सर्वत्र फैलावटलाई सो कल्डवर्तमान संवैधानिक शुशासनधारी कानुनी इरेजरले  मेटन् सकेकाे छैन । पिडित र असक्तको पक्षमा कानुन उभिन सकेकाे पनि छैन ।

आमुल परिवर्तनकालागि जनतालाई भरौटे, झोले, आसेपासे बनाएर प्रयाेग गरेकाे छ । नेपालमा विदेशी इशारारुपी राजनिती र कर्मचारीतन्त्रले ‘नेपालको कानुनदैवले जानुन’जस्तै बनेकाे छ । जुनसुकै नेतृत्वले पनि कानुनलाई माकुराको जालो (जुनझिँगाको लागीबलियो बाजको लागी छेडन सक्ने) बनाई विश्वसामु ढोल पिटिरहेको छ ।

जबसम्म कानुन अन्धोहुँदैन तबसम्म नेपाली न्यायोचित कार्यान्वायनबाट वञ्चित हुनुपर्छ । हाम्राे नेपालकाे संवैधानिक निकाय धानखेतको बुख्याचा जस्तै बन्नपुगेको छ । नेपालीकालागि दुखकाे कुरा नेपालकाे कानुन परिपाटी फरक प्रवृत्ती पुरानै रहेकाे छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार १९:१८