१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नुवाकोट क्याम्पसको भ्रष्टाचार राेक्न मागगर्दै संस्थापक अध्यक्ष श्रेष्ठ अनशनमा (भिडियोसहित)


१४ चैत, नुवाकोट । नुवाकोटको पुरानो नुवाकोट आदर्श बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष बसन्तलाल श्रेष्ठ आर्थिक घोटलाको छानविनको माग गर्दै आमरण अनशनमा बसेका छन ।

क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठले ठूलो आर्थिक तथा शैक्षिक घोटला गरेको र त्यस्ताको न्यायीक छानविन हुनुपर्ने लगायतका तीन बुँदे माग राख्दै भन्दै श्रेष्ठले बुधबारबाट आमरणअनशन सुरु गरेका हुन ।

अध्यक्ष श्रेष्ठका कारण विद्यार्थी आन्दोलित भई ठूलो भौतिक क्षति भएको भन्दै त्यसको क्षतिको विवरण तयार गरी अध्यक्षबाट त्यसाको क्षतिपूर्ति भराउन पनि माग गरेका छन ।

श्रेष्ठको भनाइ सुन्नुहोस ।

संस्थापक अध्यक्ष श्रेष्ठले वर्तमान अध्यक्ष श्रीराम श्रेष्ठले तत्काल राजिनामा दिनुपर्ने र विद्यार्थीले राखेका सबै जायज माग पूरा हुनुपर्ने बताएका छन । संस्थापक अध्यक्ष श्रेष्ठ नुवाकाेटमा चर्चित समाजसेवी समेत हुन ।

तस्बीरः उद्धव पनेरु/नुवाकोट

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार १३:२०