१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कतारको भिसा सेन्टरका नाममा गैरकानुनी चलखेल, देउवाको सालोदेखि रोहन गुरूङसम्म संलग्न


८ फागुन, काठमाडौँ । काठमाडौँमा ६ महिनादेखि कतारको भिसा सेन्टरका नाममा गैरकानुनी चलखेल चलिरहेको पाइएको छ । महाराजगञ्जको सेल्सबेरी डिपार्टमेन्ट स्टोरको माथिको चार तला भाडामा लिएर कतारको भिसा सेन्टरका नाममा एउटा समूहले अभियान चलाइरहेको छ । सरकारसँग अनुमति नै नलिइ गैरकानुनी रूपमा कार्यालय नै सञ्चालनमा आएको छ । मलेसिया जाने नेपाली युवालाइ विभिन्न संयन्त्र बनाएर ठगी गर्ने गिरोहनै कतारको भिसा सेन्टरका नाममा चलखेल गरिरहेको छ ।

अल्ट्राकिरणको नेपाली पार्टनरका रूपमा नपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सालो भुषण राणा, नेपाली कांग्रेसकै नेता एवं पूर्व श्रम राज्यमन्त्री टेकबहादुर गुरूङ, एसओएस म्यानपावरका हेम गुरूङ, याख्या म्यानपावरका भीम रोक्का, मलेसिया ठगी प्रकरणमा फरार रहेका व्यवसायी कैलाश खड्का समेतको संलग्नतामा भिसा सेन्टरको नाममा चलखेल भैरहेको छ ।

उनीहरूले यहाँ कतारको भिसा सेन्टरको खुलिसकेको भन्दै अनेक प्रपञ्च गरिरहेका छन । यतिसम्मकी उनीहरुले भाडामा लिएको घरमा बसेको गार्डहरुलाई यो के९को कार्यालय हो भनेर सोध्दा यहाँ कतारको भिसा सेन्टर खुलेको छ भन्छन । गैरकानुनी रुपमा भिसा सेन्टरका नाममा अनेक चलखेलका लागि अहिले सरकार र श्रम मन्त्रालय मिलाउने गरी वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङ र म्यानपावर व्यवसायी चित्र सावा लिम्बुले ठेक्का पाएका छन । कतारको भिसा सेन्टरको १० प्रतिशत पाउनेगरी गुरूङ र लिम्बुले विचौलिकाको ठेक्का पाएका हुन ।

गुरूङ त्यही व्यक्ति हुन जो मलेसियाका नाममा भिएलएनए लगायतको सिण्डिकेट अन्त्य हुनुपर्छ भन्दै पटकपटक धर्नामा बसेका थिए । अहिले तीनै गुरूङ मलेसियासँग भएको श्रम सम्झौता समेत खारेज गर्नुपर्छ भनेर आन्दोलित बनेका छन । उनी पछिल्लो समयमा सरकारी कदमको विरूद्धमा १५र१५ दिनमा विज्ञप्ति जारी गरिरहेका हुन्छन ।

गुरूङले मलेसियाको श्रम सम्झौता खारेज हुनुपर्छ भनेर बोल्नका लागि मात्रै पनि भिएलएनका मालिक राम श्रेष्ठसँग लाखौँ रूपमा बुझेका छन । मलेसियाको रोजगारीमा रहेको सिण्डिकेट अन्त्य भैसकेपछि छटपटिएर नेपाल आएका अमिनसँग भेटेर गुरूङले नेपालका नेताहरूलाई पनि भेटाउने कोशिश गरेका थिए तर उनले कांग्रेसका केही नेता बाहेक नेकपाका एक नेतालाइमात्र भेटाउन सके ।

यो पनि पढ्नुहोस् 

–कतारको भिसा सेन्टरका लागि कागजपत्र मिलाउने भन्दै राजदूत कोइरालाले खाए चार करोड घुस !

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार १९:३१