१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

नेपाल पर्यटन बोर्डको सदस्यमा विप्लव पाैडेल र पम्फा धमला नियुक्त


६ फागुन, काठमाडाैँ । नेपाल पर्यटन बोर्डको रिक्त दुई सदस्यमा विप्लव पाैडेल र ट्रेकिङ क्षेत्रबाट पम्फा धमला नियुक्त भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले रिक्त रहेको सदस्यमा पाैडेल र धमलालाइ नियुक्त गरेको हो  ।

रिक्त सदस्यका लागि सिफारिस गर्न गठन भएको छनाैट समितिले तीन जनाको नाम सिफारिस गरेको थियाे । तीन जनाबाट दुइ जना नियुक्त भएका हुन । होटल र उपत्यका बाहिरको प्रतिनिधिको रूपमा पोखाराको बाराही होटलका विप्लव पाैडेल र ट्रेकिङ क्षेत्रबाट पम्फा धमला नियुक्त भएका छन ।

पाैडेल पोखाराको बाराही होटलक सञ्चालक हुन भने मन्त्री अधिकारीका विश्वासपात्र समेत हुन त्यस्तै धमला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटामा बोर्ड सदस्य बनेको बुझिएको छ । धमला ट्रेकिङ व्यवसायी हुन ।

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री मन्त्रालयले बोर्डको सदस्य सिफारिसका लागि सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वामा नाट्टाका अध्यक्ष सिएन पाण्डे र टानका अध्यक्ष नवराज दाहाल सदस्य रहेको छनाैट समिति गठन भएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलवार १७:२५