१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपालको सडकमात्रै हैन आकाशमा पनि हुन्छ जाम, त्रिभुवन विमानस्थलकै वेहाल


१४ चैत, काठमाडाैँ । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल अहिले व्यस्तताको उच्च विन्दुनजिक छ । यो दैनिक १८ घन्टा खुला रहन्छ । यो अवधिमा धेरै उडान र अवतरण हुने हुँदा व्यवस्थापन पेचिलो बन्दै गइरहेको छ ।

नयाँ पत्रिका दैनिकका अनुसार कुनै एक जहाजको उडान या अवतरण तोकिएको समयभन्दा थोरै मात्रै ढिला भए काठमाडौंको आकाशमा ट्राफिक जाम चुनौतीपूर्ण बन्ने गर्छ ।

सन् २०१७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक औसत ३४६ आन्तरिक तथा बाह्य उडान–अवतरण भएका थिए । विमानस्थलको कन्ट्रोल टावरबाट जहाज व्यवस्थापनका खटिने एक ट्राफिक कन्ट्रोलरका अनुसार अहिले यो संख्या दैनिक ४ सयको हाराहारीमा पुगिसकेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन कार्यालयका अनुसार बिहान १० देखि दिउँसो २ बजे र साँझ ७ बजेदेखि रातको ११ बजेसम्म विमानस्थल अति व्यस्त रहन्छ । यो अवधिमा जहाज आकाशमै लामो समय होल्ड हुन्छन् भने ग्राउन्डमा रहेका जहाजको उडान ढिला हुन्छ ।

प्राविधिकहरुको अनुसार जहाज आकाशमा होल्ड गर्दा सुरक्षामा भने खासै असर गर्दैन । संसारभरका विमानस्थलमा जहाज उडान र अवतरण गर्दा केही मिनेट होल्डमा पर्नु सामान्य मानिन्छ । जुन यात्रुको जानकारीमा हुँदैन । तर नेपालमा भने छोटो गन्तव्यबाट छिटै काठमाडौं आसपास अइपुग्ने र नियमति उडान लामो समय होल्डमा बस्दा मानसिक रुपमा यात्रुमा असर पर्ने नयाँ पत्रिकाको समाचारमा उल्लेख छ । नयाँपत्रिका दैनिकबाट ।

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार ०८:२३