१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

नेपाल पर्यटन बोर्डको रिक्त दुई सदस्यका लागि तीन जनाको नाम सिफारिस


६ फागुन, काठमाडाैँ । नेपाल पर्यटन बोर्डको रिक्त दुई सदस्यका लागि तीन जनाको नाम सिफारिस भएको छ । रिक्त सदस्यका लागि सिफारिस गर्न गठन भएको छनाैट समितिले तीन जनाको नाम सिफारिस गरेको समितिका सदस्य सिएन पाण्डेले जानकारी दिए । बोर्डको रिक्त दुई सदस्यका लागि तीन जनाको नाम सिफारिस भएको हो ।

पाण्डेका अनुसार सदस्यमा टुर एण्ड ट्राभल क्षेत्रको तर्फबाट नाट्टाका पूर्व सचिव सुधिर उपाध्याय, होटल र उपत्यका बाहिरको प्रतिनिधिको रूपमा पोखाराको बाराही होटलका विप्लव पाैडेल र ट्र्रकिङ क्षेत्रबाट पम्फा धमलाको नाम सिफारिस भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री मन्त्रालयले बोर्डको सदस्य सिफारिसका लागि सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वामा नाट्टाका अध्यक्ष सिएन पाण्डे र टानका अध्यक्ष नवराज दाहाल सदस्य रहेको छनाैट समिति गठन भएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार २१:५३