१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

कालिञ्चोकमा हिउँ खेल्न गएर बीचबाटोमै अलपत्र परेका झण्डै ७०० पर्यटकको उद्धार


५ फागुन, दोलखा । प्रहरीले हिउँमा अलपत्र परेका झण्डै ७०० पर्यटकको कालिञ्चोकबाट उद्धार गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करीब १२० सवारीसाधनमार्फत पर्यटकको उद्धार गरेको हो । शनिबार साँझदेखि हिमपातका कारण दोलखाको कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न गएका पर्यटक बीच बाटोमा अलपत्र परेका थिए ।

प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको २२ जनाको संयुक्त उद्धार टोली खटिएको थियो । टोलीले आजसम्म उद्धार कार्य जारी राखेको छ ।रासस

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आईतवार २२:१५