१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

रुपन्देही तिलोत्तमा गोल्डकपको फाइनलमा


५ फागुन, रुपन्देही ।  रुपन्देहीमा आयोजित २१औँ तिलोत्तमा गोल्डकप ‘नकआउट’ फुटबल प्रतियोगितामा विजयी हासिल गर्दै आयोजक लाली रुपन्देही–११ ले सेमी फाइनलमा स्थान सुरक्षित बनाएको छ ।

बुटवलको एन्फा एकेडेमीमा आज भएको खेलमा सुनसरी–११ लाई सडेन डेथमा ५–४ गोल अन्तरले पराजित पार्दै लालीले अन्तिम चारमा स्थान बनाएको हो । सुनसरीका उमेश राईको प्रहार बाहिरियो भने रुपन्देहीका युवा स्ट्राइकर निशान्त ढुङ्गानाको प्रहारले जाली चुमेसँगै रुपन्देही विजेता घोषित भएको थियो ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रुपन्देही जिल्ला फुटबल सङ्घको आयोजनामा भएको खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा सुनसरीका रोशन भुजेल, जीवन राजधामी र क्याप्टेन तीर्थ बस्नेतले गोल गरेका थिए ।

रुपन्देहीका लागि विदेशी खेलाडी रामजी, कुलदीप कार्की र विश्वास श्रेष्ठले गोल गरेका थिए । सुनसरीका मनिन्द्र याक्चाको प्रहार बाहिरियो भने दीपेन तामाङको प्रहारलाई रुपन्देहीका गोलकिपर किशोर गिरिले रोकिदिएका थिए । रुपन्देहीका अनुप गुरुङ र किशोर गिरीको प्रहारलाई सुनसरीका गोलकिपर पूर्ण चेम्जोङले राकिदिएका थिए ।

खेलमा विजयी टोलीका विदेशी खेलाडी रामजी ‘म्यान अफ दी म्याच’ घोषित हुँदै नगद १० हजार र कपबाट पुरस्कृत भएका छन् । प्रतियोगिताअन्तर्गत सोमबार च्यासल युथ क्लब र सिएमजी सङ्कटा क्लबबीच खेल हुनेछ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आईतवार २२:०२