११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

५ फागुन, काठमाडौैँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा श्रीकुमारी क्लब विजयी भएको छ । श्रीकुमारीले नयाँवस्ती यूथ क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा श्रीकुमारीका लागि विवेक चौधरी र रुकेश श्रेष्ठले गोल गरेका थिए । बाह्र टोली सहभागी उक्त प्रतियोगताको विजेताले रु आठ लाख पुरस्कार प्राप्त गर्नेछ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आईतवार १९:०३