१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

पशुपति शर्माकाे लुट्न सके लुट’गीत जस्ताको तस्तै यूट्यूबमा राख्न लोकदोहोरी प्रतिष्ठानको आग्रह


५ फागुन, काठमाडौं । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले पशुपति शर्माकाे लुट्न सके लुट’गीत जस्ताको तस्तै यूट्यूबमा राख्न  आग्रह गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका उपाध्यक्ष रहेका गायक पशुपति शर्माकाे उपस्थितीमा प्रतिष्ठानको आइतबार बसेको बैठकमा विवादित बनिरहेको गीतकाे विषयमा लामो छलफल भएको थियो ।

बैठकपछि जारी प्रेस विज्ञप्तिमा शर्माको गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, स्रोताको अधिकार भएको भन्दै पुन अपलोड गर्न सर्जक पशुपति शर्मालाई आग्रह गरिएको छ । राष्ट्रपतिको विषयमा किन यस्तो लेखेको भन्ने कुराहरु एक–दुई फोनमै अाए र आत्तिएर गीत हटाए  पशुपति शर्मा बताउँछन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आईतवार १८:२३