१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

पूरा देश रगतको आँसु राेएकाे बेला रजनीकान्तकी छोरीले काश्मिरका हनिमुनको तस्बिर पोष्ट गर्दा …


५ फागुन, काश्मिर । पूरा देश रगतको आँसु राेएकाे बेला रजनीकान्तकी छोरी सौन्दर्याले काश्मिरका हनिमुनको तस्बिर पोष्ट गरेपछि अालाेचित भएकी छिन् ।  अभिनेता रजनीकान्तकी छोरी सौन्दर्याले ११ फेब्रुअरीमा  विवाह गरेर  हनिमुन मनाउन  श्रीमानसँग काश्मिर पुगेर हनिमुनको तस्बिर सोसल मिडियामा साझा गरेकी हुन्।

हिउँले ढाकिएको ब्याकग्राउन्डसहितको तस्बिर  काश्मिरस्थित पुलवामा हमलापछि पोष्ट गर्नु र मृतक जवानका लागि शोक प्रकट नगर्नु सौन्दर्याकाे ठुलाे गलती हुन पुग्याे । एक प्रयोगकर्ताले सोसल मिडियामा लेखे, ‘कम्तीमा दुई दिनका लागि रोकिऊ । तिमीहरू दुईजना रमाइलो गर्न सक्छाै तर पोष्ट जगर ।

जवानको मृत्युमा सौन्दर्याले केही पनि पोष्ट नगरेकोमा एक प्रयोगकर्ताले लेखे, ‘पूरा देश रगतको आँसु रोइरहेको छ र तपाईं यस्तो तस्बिर पोष्ट गरिरहनुभएको छ । ट्रोलपछि एकदिन सौन्दर्याले आफ्नो ट्वीटर ह्यान्डलबाट एउटा तस्बिर पोष्ट गर्दै शहिद भएका जवानलाई श्रद्धाञ्जली दिएकी छिन् । एजेन्सी

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आईतवार १३:१९