८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

२१ कम्पनीको ३ अर्ब १२ करोडको आइपीओ निष्काशन हुँदै


५ फागुन, काठमाडौं  । नेपाल धितोपत्र बोर्डमा २१ वटा विभिन्न कम्पनीले सेयर निष्काशको अनुमति माग्दै आवेदन दिएकाेमा प्रतिकित्ता १ सय अंकित दरले ३ अर्ब १२ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन हुँदैछ । जसमा सेयर १५ वटा जलविद्युत कम्पनी, ४ वटा माइक्रो फाइनान्स, एउटा मर्चेन्ट बैंकिङ र एउटा इनभेष्टमेन्ट फण्ड रहेको छ ।

निष्काशनको पर्खाइमा रहेका मध्ये सबैभन्दा बढी युनिभर्सल पावर कम्पनीको सेयर ९६ करोड ६१ लाख ६१ हजार रुपैयाँ बराबरको ९६ लाख ६१ हजार ६ सय १० कित्ता आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले  यस्तै घलेम्दी हाइड्रोपावरले १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ५५ हजार ७७० कित्ता सेयर निष्काशनको माग गर्दै आवेदन दिएको छ ।

२१ वटा कम्पनीको आवेदनमा आवश्यक कागजात पुगेको अवस्थामा बोर्डले स्वीकृति दिनेछ र स्वीकृति लगतै आइपीओ सर्वसाधारणका लागि बिक्रि खुला हुनेछ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आईतवार १२:४५