१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

अवको शैक्षिक बाटो समाजवादी हुनुपर्छः पूर्व प्रधानमन्त्री खनाल


४ फागुन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको शिक्षा प्रणालीमा सुधान गर्नुपर्ने बताएका छन । शनिबार व्याव्सन काठमाडाैँको अधिवेशन उद्घाटन गर्दै वरिष्ठ नेता खनालले नेपाललको संविधानले अवको बाटो समाजवाद तर्फ उन्मुख हुने भनेकाले अवको शैक्षिक वाटो पनि समाजवादी वाटो नै हुनुपर्ने बताए ।

अहिलेको संविधानले जनताको सवै हक अधिकार सुरक्षित गरेको भन्दै नेता खनालले सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थक बनाउन गाउँ गाउँमा शैक्षिक क्रान्ति गर्नुपर्ने धारणा राखे । शैक्षिक क्षेत्रलाई नयाँ ढंगले विकास गर्दै लैजानुपर्ने आवश्यकता औल्याउँदै उनले आधुनिक शिक्षा प्रणालीले मात्र समृद्ध नेपालको नारा सार्थक बनाउने दावी गरे । उनले सरकारले नीजि क्षेत्रलाई पनि प्राथमिकता दिएर अघि बढेमा शिक्षा क्षेत्रलाई परिस्कृत बनाउन सकिने सुझाव पनि दिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार २३:३४