१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाल बार एसोसिएसनको अध्यक्षमा डिएलएबाट सुनिल पोखरेल (अन्य उम्मेदवारको सूचीसहित)


४ फागुन, काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल डेमोक्रोटिक्स लयर्स एसोसिएसन (डिएलए)ले नेपाल बार एसोसिएसनको आगामी निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । डिएलएले धेरै आकांक्षीहरूको बीचबाट पूर्व महासचिव सुनिल पोखरेललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

डिएलएको शनिबार अबेर सम्पन्न बैठकले उम्मेदवारहरूको टुंगो गगाएको हो । जसमा महिला उपाध्यक्षमा कविता थापा कार्की रहेकी छिन । महासचिवमा लिलामणि पौडेल र कोषाध्यक्षमा तेजबहादुर रावल उम्मेदवार तय भएका छन ।

नेपाल बार एशोसिएसनको २५औँ केन्द्रीय कार्य समिति निर्वाचनका लागि फागुन ६ गते मनोनयन हुने भएको छ। चैत १६ मा निर्वाचन गर्ने मिति यसअघि नै सार्वजनिक भइसकेको छ । समावेशी रुपमा चयन हुने कार्य समितिमा बारमा एक अध्यक्ष, आठ उपाध्यक्ष रहनेछन्। खुलातर्फ एक महिला र सबै प्रदेशबाट एक–एक उपाध्यक्ष रहनेछन्।

यस्तै महासचिव एक, सचिव तथा कोषाध्यक्ष एक–एक रहनेछन्। खुला सातसहित १४ सदस्य रहनेछन्। जसमा महिला दुई, आदिवासी जनजाति दुई, मधेशी/मुस्लिम दुई, र दलित एक रहनेछन्।

हेर्नुहोस् डिएलका तर्फबाट उम्मेदवारहरूको सूची

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार २१:५६