७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बाइपासमा ट्रक र बोलेरो आपसमा ठाेकीदा एकको मृत्यु


४ फागुन, भरतपुर । चितवनमा आज साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बाइपास सडकअन्तर्गत भरतपुर महानगरपालिका–१२ साझा पेट्रोल पम्पअगाडि अटोरिक्सा, ट्रक र बोलेरो एकापसमा ठोक्ँिकदा सो दुर्घटना भएको हो । दुर्घटनामा घाइते अटो चालक करीब ३० वर्षीय युवाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनको परिचय खुलेको छैन ।

आँपटारीबाट बसपार्क गइरहेको ना ६ ख २१८९ नंको ट्रक, सोही दिशातर्फ गइरहेको ना १ ह ६६९५ नंको अटो र विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ३५१४ नम्बरको ट्रक एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो । बोलेरोले ठक्कर दिएको अटो पुनः ट्रकमा गएर ठक्कर खाएको थियो । ट्रक, बोलेरो र चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ । युवकको शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार २१:११