१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

कीर्तिपुर केन्द्रबिन्दु भएर ४ म्याग्निच्युटको भूकम्प, काठमाडौँ आसपासमा धक्का महशुष


४ फागुन, काठमाडाैँ । काठमाडाैँमा भूकम्पको धक्का महशुष भएको छ । अहिले राति ८ बजेर ३४ मिनेटमा काठमाडाैँ अासपासमा भूकम्पको धक्का महशुष गरिएको हो ।

भूकम्पपछि काठमाडाैँ उपत्यकामा मानिसहरू केहीबेर सडकमा समेत निस्किएका थिए । ४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी क्षेत्र भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले केहि समय काठमाडौं वरपरका क्षेत्रमा कम्पन्न उत्पन्न भएको थियो । भूकम्पको केन्द्र कीर्तिपुर रहेको केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार यो गोरखा भूकम्पको परकम्प हो । यसअघि फागुन २ गते ताप्लेजुङको कञ्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसअघि गत माघ ८ गते काठमाडौँको थापाथली केन्द्रबिन्दु भई ३.३ म्याग्निच्युडको परकम्प गएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार २१:११