१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

काठमाडाैँमा भूकम्पको धक्का


४ फागुन, काठमाडाैँ । काठमाडाैँमा भूकम्पको धक्का महशुष भएको छ । अहिले राति ८ बजेर ३४ मिनेटमा काठमाडाैँ अासपासमा भूकम्पको धक्का महशुष गरिएको हो ।

भूकम्पपछि काठमाडाैँ उपत्यकामा मानिसहरू केहीबेर सडकमा समेत निस्किएका थिए । ४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी क्षेत्र भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले केहि समय काठमाडौं वरपरका क्षेत्रमा कम्पन्न उत्पन्न भएको थियो । भूकम्पको केन्द्र कीर्तिपुर रहेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार २०:४०