८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

चर्चित गायक पशुपति शर्माको ‘लुट्न सके लुट’ गीतले बालुवाटारमा हँङ्गामा


४ फागुन, काठमाडौँ । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको व्यङ्ग्यात्मक गीतले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार मै हँङ्गामा मच्चाएको छ । गायक शर्माले नेपालमा भ्रष्टाचार बढिरहेको भावको व्यङ्गात्मक गीत सार्वजनिक गरेपछि प्रधानमन्त्री निवासमा उक्त गीतले हँङ्गामा मच्चाएकाे हाे । 

यो गीतका विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र समेत छलफल भएको स्रोतले बताएकाे छ । गीतमा सरकारका काम कारवाहीका साथै प्रधान मन्त्री केपी सर्मा अाेली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत व्यङ्ग्य गरिएको छ ।

शर्माको गीतमा यसअघि भ्रष्टाचारको आशंका गरिएको वाइडवडी काण्ड, ३३ किलो सुन काण्ड लगायतका विषयलाई समेत व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको छ । गीतमा राजधानी सहित देशभर विकासका आयोजना अलपत्र परेको, जता–ततै लुटतन्त्रले राज गरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले चढ्ने हेलिकप्टरको प्रसंग पनि जोडिएको छ ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार १७:३५