१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

बैंकहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रधानमन्त्री ओलीकाे आग्रह


४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले बैंकहरुलाई मूख्य गरी उत्पादनमुलक,रोजगारीका अवसर सृजना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरुमा लगानी गर्न सुझाव दिएका छन् ।

‘लगानी गरेपछि त्यसबाट अर्थतन्त्रमा केही न केही टेवा पुग्ने क्षेत्रमा लगानी बढाउन र त्यस्त क्षेत्रमा गरेको लगानीको ब्याजमा पनि लचिलो हुनु प्रधानमन्त्री ओलीले अाग्रह गरेका हुन् । सबैभन्दा बढी लगानी कृषि क्षेत्रमा गर्दा राम्राे हुने र सबभन्दा कम ब्याज उठाउँदा कृषककाे अाएस्तरमा बृद्दि हुनुकाे साथै कृषकमा प्रेरणा मिल्ने बताएका छन् । बिलासिताका वस्तुमा लगानी कम गर्न र ब्याज बढी गर्न समेत निर्देशन दिएका छन् ।

प्रधानमन्त्ती ओलीले व्यावसायीहरुको गुनासोका बारेमा बैंकहरुसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरलाई निर्देशन दिएका छन् । ‘बैंकहरुले एउटा सर्तमा ऋण दिने र आफू खुशी ब्याज बढाउदै लैजाने कुरा उपयुक्त नहुने बताएका छन् ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार १६:२०