१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

काँग्रेस मिले विकास र समृद्धि सम्भब छः अध्यक्ष प्रचण्ड


४ फागुन, भक्तपुर  ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकास र समृद्धिको अभियानमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभै एकताका आधारमा एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन् ।

शनिबार भक्तपुरमा आयोजित हनुमन्ते सफाइ अभियानको ५१ औं हप्ता वाकाथन तथा राष्ट्रिय झण्डा झण्डोत्तोलन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सफाइ अभियानले नयाँ सभ्यताको आधुनिक विकास गरेको बताएका छन् ।

प्रचन्डले विकास र समृद्धिको अभियानमा सबै राजनीतिक दल, सबै वर्ग, धर्म, लिंङ्ग र समुदाय एकजुट भएको सन्देश हनुमन्ते सफाई अभियानले दिएको चर्चा गरेका छन् । यसलाई सबैले आत्मसात गरेर अगाडि बढ्नु पर्ने बताउँदै देश बनाउने जिम्मेवारी सबैको भएकाे सबै यसमा लाग्नुपर्ने प्रचन्डले औल्याएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नदीहरुको सफाइ अभियानले नागरिकलाई स्वच्छ र सुरक्षित जीवनयापन गर्न सहयोग पुगेको बताएका छन् । शनिबार बिहान राष्ट्रिय धावक धावक बैकुष्ठ मानन्धरको नेतृत्वमा मध्यपुर थिमिदेखि सुरु भएको वाकाथन सल्लाघारी पुगेर समापन भएसँगै नेकपाका अध्यक्ष दाहाल र नेपाली कांग्रेसका नेता सिंहले सल्लाघारीमा गाडिएको नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिय ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार १२:४३